show video detail
Sajha Sawal Episode 289: Aviation Safety in Nepal
12K 26 9 49:41
Sajha Sawal Episode 289: Aviation Safety in Nepal
  • Published_at:2013-05-26
  • Category:News & Politics
  • Channel:Sajha Sawal
  • tags:
  • description: मुस्ताङको जोमसोममा १५ जनाको ज्यान जाने गरी अग्नि एअरको जहाज दुर्घटना भएको ठ्याक्कै एक वर्षपछि गत जेठ १ गते फेरि जोमसोममै नेपाल एअरलाईन्सको जहाज दुर्घटना भयो । त्यस्तै, सात महिना अघि राजधानीकै एयरपोर्ट नजिकै मनोहरा खोलामा सीता एअरको जहाज दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । यातायातमा सबैभन्दा सुरक्षित मानिने हवाई यात्रा नेपालमा किन डरमर्दो छ? नेपाली आकाशमा हवाईजहाज उड्न थालेदेखि नै वर्षेनी दुर्घटना भैरहेका छन् । हरेक दुर्घटनापछि जाँचवुझ आयोग बन्छ र आयोगले दुर्घटना रोक्ने सिफारिस पनि गर्छ । के त्यस्ता आयोगले दिएका सिफारिसहरु कार्यान्वयन भएका छन्? नेपाली आकाशलाई कसरी सुरक्षित बनाउन सकिन्छ? साझा सवालको यो बहसमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव सुशील घिमिरे, नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र नेपाल एअरलाईन्सका वरिष्ठ विमानचालक क्याप्टेन युवराजकुमार (वाईके) भट्टराई हुनुहुन्छ । सहभागीहरूको बीचमा बुद्ध एयरका प्राविधिक विभागका नायव निर्देशक मंगेस थापा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उप-प्रवन्धक एयर ट्राफिक कन्ट्रोलर नवीनप्रसाद अधिकारी र गत जेठ १ मा जोमसोममा दुर्घटनाग्रस्त जहाजका विमान परिचारिका सन्तमाया तामाङ हुनुहुन्छ ।
ranked in date views likes Comments ranked in country (#position)
2013-05-28 12,080 26 9 (United Kingdom,#82)  (Israel,#81)